वेश्यालय सञ्चालन गर्दै आएकी एक नेपाली महिला पक्राउ

काठमाडौं । भारतमा वेश्यावृत्ति सञ्चालन गर्ने एक नेपाली महिला पक्राउ परेकी छिन् ।

नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) पक्राउ परेकी हुन् । उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्दै आएको खुलेको छ ।  भारतको नयाँदिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको खुलेको छ ।

यसअघि देखि नै उनीमाथि भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न भएको आरोप लाग्दै आएको थियो ।

 

 

प्रतिक्रया दिनुहोस्