नेपालमै घट्यो यस्तो घटना ; १६ वर्षीया दिदीको पेटमा भाइको गर्भ !

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा घटेको घटनाले स्थानीय मात्र होइन जिल्लाबासी स्तब्ध बनेका छन् ।

परिवार भित्रै घटेको यस्तो घटनाले मानिसहरुमा शंशय पैदा भएको छ ।पछिल्लो समय बालिका र किशोरीमाथि बलात्कारका घटनामा वृद्धि भैरहदा सल्यानको बनगाढमा सार्वजनिक यो घटनाले सबैलाई आश्चर्य एवं चिन्तित बनाएको छ ।

घटना केही दिन अघि सार्वजनिक भएको हो ।सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा एक परिवारकी जेठी छोरी(नाम उल्लेख नगरिएको) को पेट ठूलो देखिएपपछि उनकी आमाले चासो राखिन् ।

आमाले आफ्नी १६ वर्षीया छोरीको पेट अस्वभाविक रुपमा ठूलो भएपछि आश्चर्य मान्दै छोरीलाई के भएको हो भन्दै प्रश्न गरिन् ।

जब छोरीको जवाफ आयो त्यसपछि आमा छाँगाबाट खसेजस्तै भइन् । भनूँ कसलाई भनूँ ? नभनूँ के गर्ने ? उनी विलखबन्दमा परिन् ।

श्रीमानसँग यसबारे कुरा गरौं भन्दै उनी खाँडी देश गएको निकै वर्ष भयो । उनले खाडीमा कमाएको पैसाले केही समय अघि नयाँ घर बनेको थियो ।

भान्सा र दुई कोठा भएको घरमा यो परिवार दुई छाक खाएर बसेको थियो । दुई छोरी दुई छोराको हेरचाह गरेर बेसेकी आमालाई छोरीको उत्तर सुनेर के भनूँ र कसो गरुँ भयो ।

१६ वर्षीय जेठी छोरीले आफ्नो पेटमा सहोदर भाइको गर्भ रहेको आमालाई सुनाइन् । चारै जना एकै कोठामा सुत्नुपर्ने बाध्यताकाबीच यस्तो घटना घटेको बताइएको छ ।

सँगै सुतेको भाइरले करणी गर्दा दिदीले परिवारका अन्य सदस्यलाई भनेकी थिइनन् । डरले गर्दा कसैलाई पनि नभनेको उनले आमालाई सुनाएकी थिइन् ।

जेठी छोरी लगत्तैको भाइ । दिदीको पेटमा उसैको गर्भ ! गाउँमा र जिल्ला भरी अहिले यो विषयले मानिसहरुलाई दुःखी बनाएको छ ।

पक्राउ परे भाइ

घटना सार्वजनिक भएसँगै प्रहरीले किशोरीका भाइलाई फागुन २६ गते नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार किशोरले घटनालाई स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक लक्ष्मण वली छोराछोरीको सानो–सानो कुरामा आमावुवा चनाखो हुनुपर्ने बताउँछन् । चनाखो नबन्दा यस्तो खालको समस्या आउने उनको भनाइ छ ।

‘महिनावारी रोकिएको, पेट बढेको, खाना खान मन नलागेको वा अन्य कुनै लक्षण आमालाई थाहा हुनुपर्ने हो, । त्यति धेरै महिना हुँदा पहिला देखिनै पेट बढेको देखिनु पर्ने हो’ उनी भन्छन्, ‘गाउँमा कोही महिलाहरु चार÷पाँच महिनासम्म पनि मिन्स नहुने भएकाले पनि आमाको त्यतातिर ध्यान नपुगेको हुन सक्छ ।’

उनले यस्ता घटनाबाट पाठ सिक्दै अघि बढ्नु पर्ने बताए ।
उमेर पुगेका छोराछोरीका बारेमा आमावुवा गम्भीर नबन्दा परिणाम गलत आउने भन्दै अभिभावक सचेत हुनुपर्ने उनले बताए ।

 

प्रतिक्रया दिनुहोस्