सिराहामा भएको विष्फोट स्थलमा भेटियो गोइत समूहको पर्चा

सिराहा। सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ।

विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन्। घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए। घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए।

प्रतिक्रया दिनुहोस्