महिलामैत्री भलिबल प्रतियोगितामा युनिभर्स एकेडेमी प्रथम बन्न सफल

नेपालगन्ज । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेद्वारा आयोजित महिलामैत्री भलिबल प्रतियोगितामा युनिभर्स एकेडेमी बिजयी भएको छ ।

नेपालगन्ज रंगशालामा भएको खेलमा आयोजक राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको टिम दोस्रो र वडा नम्बर ४ का कर्मचारीको समूह तेस्रो भएको महिला नगर कमिटी अध्यक्ष आशा बिष्टले जानकारी दिइन ।

प्रतियोगितामा नेपाल घरेलु महासंघका खेलाडी विनिता केसी उत्कृष्ट खेलाडी भइन् । प्रतियोगिताको विजेता टिमलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा महिला संगठनका नेता, कार्यकर्तासहित नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, घरेलु महिला सन्जाललगायतका महिलाहरूका ९ वटा टिम सहभागिता रहेको थियोे ।

 

 

प्रतिक्रया दिनुहोस्