कैलालीमा लागू औषधसहित एकजना पक्राउ

कैलाली । कैलालीमा लागू औषधसहित एकजना पक्राउ परेका छ्न । पक्राउ पर्ने व्यक्ति कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका रामविलास चौधरी रहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा प्लाष्टिकको बट्टाभित्र chlorpheniramine maleated and codeine phosphate syrup लेखिएको लागुऔषध सिसी थान–४० सहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्