विराटनगरमा तीनवटा आकाशे पुल बन्ने

काठमाडौं। विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी सर्वसाधारणलाई सडक वारपार गर्न सहजताका लागि तीनवटा आकाशे पुल बन्ने भएका छन्।

विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुलको सोमबार शिलान्यास गरिएको छ। चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको महानगरका इन्जिनियर अर्जुन थापाले जानकारी दिए।

उक्त तीनवटा पुल दुई करोड ४७ लाख रुपैयाँको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्बाइ, पाँच दशमलव पाँच मिटर उचाइको हुनेछन्। एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई स्टेयर, घाँस चोक र कञ्चनबारीमा चार स्टेयरको हुनेछ।

कला विल्डरले बरगाछी र घाँस चोकको तथा आरके विल्डर्सले कञ्चनबारीको आकाशे पुल निर्माणको ठेक्का पाएको इन्जिनियर थापाले बताए।

प्रतिक्रया दिनुहोस्