झापाबाट ४० ग्राम खैरो हेरोइनसहित २ युवक पक्राउ

झापा। प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित झापाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षका आशिष चौधरी र बराह क्षेत्र नगरपालिका-७ घर भई हाल ईटहरी उपमहानगरपालिका-७ बस्ने २४ वर्षका लोकनाथ भण्डारी रहेका छन्।

सोमबार दिउँसो जिल्ला झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विषेश सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई ४० ग्राम प्रतिबन्धित लागुऔषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थसहित फेला पारी तत्कालै नियन्त्रणमा लिएको थियो। दुवैलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याई राखिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रकृया अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रया दिनुहोस्