पुर्वराजा शाह र जनतान्त्रिक मोर्चाका अध्यक्ष डा.झा बीच गोप्य भेटघाट,यस्तो छ भित्री रहस्य !

काठमाडौ । देशमा राजसंस्थासहित हिन्दु राष्ट्र पुनस्थापनाको बारेमा सक्रिय भुमिका निर्बाह गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डाक्टर मनोज मुक्ति “विवेक” र पुर्वराजा ज्ञानेन्द्र शाहबीच औपचारिक भेटघाट भएको छ ।

पछिल्लो समय मुलुकमा राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन २०७७ को प्रमुख हिस्सेदार मोर्चाका अध्यक्ष झा र शाहबीच केहीदिन अघिमात्र भेटघाट भएको बुझिएको छ ।

डाक्टर झा २१ दिन लामो भारत भ्रमण सकेर केही दिन अगाडि मात्रै नेपाल फर्किएका थिए । झा र पुर्वराजा शाहबीचको भेटलाई निकै अर्थपूर्ण तवरले हेरिएको छ ।
पुर्वराजा शाहसंगको औपचारिक भेटघाटको तस्वीर डाक्टर झाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छ्न । भेटघाटमा डा. झाले पुर्वराजा ज्ञानेन्द्रलाई उपहार स्वरुप श्रीपेच नै दिएको बुझिको छ, जसले निकै ठूलो अर्थ राख्द छ, उनले भनेका छन् , “जनताको नासो/श्रीपेच/राज-मुकुट का असली उत्तराधिकारी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव सरकारलाई सुम्पियो” ।

राजा संगको आफ्नो तस्वीर सार्वजनिक गर्दै उनले श्री ५ लाई ” देश, जनता/नागरिक, मित्र-राष्ट्र, छिमेकी राष्ट्र एवं महाशक्ति राष्ट्रले खोजेको/चाहेको विषयवस्तुहरु सुक्ष्म विश्लेषण अवगत गराउदै त्यही बमोजिम तत्काल ठोस, परिणाममुखी, निर्णायक पहलका साथ गम्भीर एवं निर्मम कदम चाल्न विनम्रता का साथ बिन्ती जाहिरी गरेको बताए । विभिन्न विषयवस्तु मा छलफल भइ रहदा राजाले पनि आफ्नो जिज्ञाशाको प्रतिउत्तर फर्काएका समेत उनले जनाएका छन् ।

शाहले आफ्नो पुरानै अन्दाजमा भाबुक तथा उत्तरदायी बोध भावनाका साथ “मलाई फेरि राजा बन्ने र राजगद्दीमा बस्ने चिन्ता छैन, मलाई देश र जनताको चिन्ता छ, आज देश र जनता टुहुरो, अभिभावक बिहिन भएको देख्दा-सुन्दा-बुझ्दा एकदमै चिन्तित छु, दुखी छु । मैले जनताको नासो जनतालाई सुम्पेको हो र फेरि देश र जनताले जिम्मेवारी दिन्छन भने जिम्मेवारी-बोधका साथ अन्तिम साँससम्म देश र जनताको सेवा गर्न तैयार रहेको झाले बताए ।

नेपाल र नेपालीको मान, सम्मान, पहिचान, इतिहासको जगेर्ना गर्ने सम्पूर्ण जिम्मेवारी आम देश-भक्त नेपालीको काँधमा आईपरेको छ, अब आम नेपालीले मातृभूमि प्रतिको कर्तब्य बोधका साथ जिम्मेवार भई निर्णायक पहलकदमी लिनुसक्नु पर्छ, जनताको शक्ति र निर्णय नै अन्तिम निर्णय हो, देश र जनता भन्दा माथि कोहि हुँदैनन् र छैनन् । के अब निकै ढिलो भईसक्यो, आम नेपालीले सडक बाटै जनादेश दिन सक्नुपर्छ ” भनेर हृदय- स्पर्शात्मक जवाफ पाएको भनेर समेत उद्रीत गरेका छन् ।

स्मरण रहोस् , मोर्चाका अध्यक्ष डा. मनोज मुक्ति भारतका प्रायसबै जसो राजनीतिक दल र त्यहाँका सरकारी संयन्त्रमा ठुलै दखल / पकड राख्छन् , उनी बिना कुनै पुर्व एप्वाईन्टमेन्ट कै जो कसैलाई पनि सिधा सम्पर्क र भेटघाट गर्नसक्ने हैसियत राख्छन् । उनको यसपटकको भारत भ्रमणमा भारत सरकार र संस्थापन पक्षको निकै उच्च स्तरमा छलफल भएको बुझिएको छ ।

मुक्ति भारत मै भएका बेला राजा पनि स-परिवार भारतको दार्जिलिङ भ्रमणमा निस्केका थिए, नेपालमा जारी राज-संस्था पुनःस्थापनाको आन्दोलन र मुक्तिको भारत भ्रमणले नेपालको राजनीतिमा भविष्यमा ठुलै उथलपुथलको संकेत गर्दछ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य एवं जनतान्त्रिक महिला संघका राष्ट्रिय अध्यक्ष श्रीमती नगीना कुमारी झा भन्नुहुन्छ “अध्यक्ष ज्यु नेपाल फर्किन बित्तिकै मोर्चाको सचिवालय बैठक बस्छ, हामी निरन्तर अन्य राष्ट्रवादी देश-भक्त शक्तिहरु सँग व्यापक छलफलमा छै, अब निर्णायक आन्दोलनको उदघोष हुन्छ, जनता कै बलमा यो म्याद गुज्रिएको गणतान्त्रिक संविधानको विसर्जन हुन्छ ।”

 

 

 

प्रतिक्रया दिनुहोस्