
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर तराइका केही स्थानमा बिहानैदेखि गर्मी महसुस भएको छ ।
महाशाखाकाअनुसार उच्च पहाडी जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहने छ ।
साथै, देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति पनि देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भइ तराईका भू–भागमा आंशिक बदली रहने छ भने पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।