एन्फा प्रेसिडेन्ट लिगमा धम्बोझीको लगातार दोस्रो जित

नेपालगञ्ज। लुम्बिनी प्रदेशको धम्बोझी युवा क्लब बाँकेले एन्फा प्रेसिडेन्ट लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

विहीबार भएको खेलमा धम्बोझीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३-० गोलले पराजित गरेको हो। खेलमा निसान लिम्बुले ह्याट्रिक गरे। उनले ९, ३५ र ८८ औं मिनेटमा गोल गरे।

जितसँगै धम्बोझीले लगातार दुई खेल जितेर ६ अंक जोडेको छ। चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रया दिनुहोस्