उपभोक्ता मैत्री बन्दै डाँफे सहकारी, कट्टिपुरका अपुग स्थानमा विद्युत बिस्तारका लागि काम थालिदै

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरमा रहेको डाफे ग्रामीण विद्युत सहकारी संस्थाले उपभोक्ताको हितका लागि विद्युत विस्तारको काम थालेको छ । पछिल्लो समय उपभोक्ताको सङ्ख्या वृद्धि हुदैजानु, बस्ती विस्तार तथा घर निर्माणको सङ्ख्या बढ्दै जान थालेपछि विद्युत विस्तारको काम अगाडि बढाइएको हो ।

जसअन्तर्गत उपभोक्ताको माग र प्राथमिकताको आधारमा सहकारीले आफ्नो सेवा क्षेत्रभित्र मुख्य सडक, सहायक सडक क्षेत्रमा विद्युत विस्तारको लागि पहिलो चरणमा पोल गाड्ने काम गरेको डाफे ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष चक्र बहादुर बिष्टले जानकारी दिए । उनकाअनुसार बिहिवार मात्रै कट्टिपुरका विभिन्न स्थानमा ५ ओटा पोल गाडीएको छ भने शुक्रबार केही स्थानसमेत पोल गाडीने छ ।

अध्यक्ष बिस्ट्का अनुसार उपभोक्ताको सङ्ख्या र मागअनुसार अझै पोल बिस्तारको काम राम्रो तवरले गर्न सकिएको छैन,जसको कारण लामो दुरीबाट उपभोक्ताले तार तानेर बत्ती बाल्नुपरेको समस्या छ । त्यसै कुरालाई मध्यनजर गरि अहिले पोल बिस्तारको काम अगाडि बढाइएको छ ,अध्यक्ष बिस्ट्ले भने संस्थाका पनि आफ्नै समस्या छ्न । संस्थाले सहयोगका नाममा गतवर्ष वडाबाट १५ ओटा विद्युको पोल मात्रै प्राप्त गरेको थियो, तिनै पोल विभिन्न स्थानमा राख्यौ अध्यक्ष बिष्टले भने स्थानीय सरकारले विद्युत बिस्तारका लागि अझै केही पोल र तार उपलब्ध गराइएको भयो सेवा प्रदानमा सजिलो हुने थियो ।

केही महिना अघिमात्र सस्थाले आफ्नो उपभोक्ता, यस क्षेत्रमा शान्ति सुरक्षा, पैदल यात्रीलाई आवतजावतमा सहजता र रात्रिको समयमा उज्यालोको व्यवस्थापनका लागि आफ्नो सेवा क्षेत्रभरी सडक बत्ती जडान गरेको थियो । जसबाट उपभोक्ता निकै खुशी भएका छ्न । यतिमात्र नभैइ पछिल्लो समय गाउँमा चोरी, तस्करी र रातको समयमा हुने सडक दुर्घटनामा पनि कमि आएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्