खैरेनीमा खुल्ला राष्ट्रव्यापि भलिबल प्रतियोगिता हुँदै,विजेताले ८१ हजार पाउने

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका ३ मा खुल्ला राष्ट्रव्यापि भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।

स्थानीय स्तरबाटै दक्ष खेलाडी उत्पादन र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ स्थानीय साइनिङ स्टार युवा क्लब खैरेनीको आयोजनामा चौथो खुल्ला राष्ट्रव्यापि भलिबल प्रतियोगिता हुने भएको हो ।

राष्ट्रको शान, खेलकुद विकासको अभियान भन्ने मुल नारासहित फागु पुर्णिामाको अबसर पारि यही चैत्र १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता संचालन हुने आयोजक युवा क्ल्वले शनिबार पत्रकारसम्मेलनको आयोजना गरि जानकारी गराएको छ । प्रतियोगितामा देशका विभिन्न स्थानबाट गरि करिब २५ टीमको सहभागीता रहने आयोजक युवा क्ल्वक अध्यक्ष भेषराज जैशीले जानकारी दिए ।

अध्यक्ष जैशीका अनुसार प्रतियोगिता सफल पार्नका लागि पाँच लाख २६ हजार बढी खर्च हुने आकलन गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले ८१ हजार ,दोस्रो हुनेलाई ४५ हजार र तेस्रो हुनेले २१ हजार रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।

प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ वेस्टस्पाईकर ,वेस्ट सर्भर,वेस्ट ब्लकर,बेस्ट सटर,बेस्ट लिव्रो लाई नगद रु २ हजार,बेस्ट प्लेयरलाई ३ हजार नगद,१ थान टि–सर्ट र अनुशासित टिमलाइ मायाको चिनो प्रदान गरिने साईनिङ्ग स्टार युवा क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए ।

प्रतियोगिताको सञ्चालनका स्थानीय तहको सरकार, प्रदेश सरकार, संघ संस्था, उद्योगपति, व्यापारी र समाजसेवी वाट सहयोग संकलन गरी व्यवस्थापन गर्ने अध्यक्ष जैसीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टीमलाई ३५ सय ५ रुपैया इन्ट्री फि लाग्नेछ ।

प्रतिक्रया दिनुहोस्