एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । एमाले संसदीय दलको बैठक आज शनिबार बस्दै छ।  सांसद शेरबहादुर तामाङले शनिबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् ।

संसदीय दलको बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ । शनिबारको संसदीय दलको बैठकमा माधव नेपाल र झलनाथ खनाल समूह पनि सहभागी हुने तयारी रहेको बुझिएको छ । यद्यपि सो समूहका केही नेताले छलफल गर्न बाँकी रहेको बताका छन् । बिहीबार बसेको संसदीय दलको बैठकमा भने सो समूहका केही सांसद अनुपस्थित थिए ।

माधव नेपाल पक्षका नेता योगेश भट्टराईले पनि बिहीबारको बैठकमा व्यस्तताका कारण उपस्थित हुन नसकेको र अब हुने संसदीय दलको बैठकमा उपस्थित हुने पत्रकार सम्मेलनमा बताएका थिए।

प्रतिक्रया दिनुहोस्