कस्तो रहला आगामी तीन दिनको मौसम ? (रिपोर्टसहित)

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जानकारी दिएको छ । आगामी २४ घण्टामा देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज (शनिवार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

साथै प्रदेश नम्बर २ का एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०७ गते (शनिबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश नं १ को पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहि देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०८ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहि देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०९ गते (सोमबार)
दिउँसो: सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रया दिनुहोस्