बर्दगोरियामा भुमिहीनको काम तीब्र थालियो, बौनियामा स्थानीय र सरोकारवालासंग अन्तरक्रिया

बौनिया,कैलाली । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि कैलालीको बर्दगोरियामा तीब्र गतिमा कार्य अगाडि बढाएको छ ।

पालिकाले यहाँका ६ वटै वडामा लगत संकलनको प्रारम्भिक काम सुरु गरेपछि काम तीब्र रुपमा अगाडी बढाइएको हो । यसैक्रममा शनिबार सडकपुर बौनिया बजारमा वडा नम्बर २ का स्थानीय,व्यापारी तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा वडा नम्बर दुईका अध्यक्ष भेखु चौधरीले भूमि र आवास सम्बन्धी अधिकार संविधानको मौलिक हकमासमेत समावेश भएकाले अब कोही पनि भूमिहीन भयर बस्न नपर्ने बताए । उनले आफ्नो वडामा रहेका सवै प्रकारका भुमिहीन तथा सुकुम्बासीको समस्या समाधान गरेरै छाड्ने बताए । उनले वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचानका लागि सरकारको निर्देशन अनुसार काम अगाडि बढाइएको भन्दै फारम भर्न कोहीपनी नछुट्न आग्रह गरे ।

लगत संकलनको लागि वडामा कर्मचारी खटाइसकिएको बताउदै उनले आफ्ना समस्या र जिज्ञासा निर्धक्क भयर राख्न आग्रह गरे ।

कार्यक्रममा बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बमले यहाँका अव्यवस्थित बसोबास गरेका व्यापारीको समस्या समाधानका लागि अहोरात्र खटिएको बताए । उनले यसैलाई मध्यनजर गरि समितिको कार्यलय शनिबारसमेत खुला गरि काम थालिएको बताए ।

 

 

 

प्रतिक्रया दिनुहोस्