रसुवामा सुक्खा पहिरो, यात्रुहरु बीचबाटोमै अलपत्र

रसुवा। रसुवाको पासाङ ल्हामु राजमार्गमा गएराति सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

पहिरोले स्याफ्रु-भारखु खण्डमा याङयाङ खोला नजिकै सडक अवरुद्ध हुँदा यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सडक अवरुद्ध हुँदा रसुवाको उत्तरी क्षेत्रबाट काठमाडौंतर्फ जाने दैनिक सवारी साधन तथा चीनबाट ल्याइएका सामाग्री बोकेका मालबाहक कन्टेनरहरु समेत बाटामै रोकिएका छन्। यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्।

सडकमा ठूला चट्टान भएकाले सञ्चालनमा ल्याउनका लागि केही समय लाग्ने प्रहरीले जनाएको छ। स्काभेटरको प्रयोग गरी तत्काल सडक सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताए।

प्रतिक्रया दिनुहोस्