
बौनिया, कैलाली । बर्दगोरिया गाउँपालिकामा संचालित विकासे आयोजनाको प्रभावकारी मुल्यांकनबारे अनुगमन गरिएको छ ।
गाउँपालिका ६ वटै वडामा संचालित विकास निर्माणका कार्यहरूको प्रगति विवरणका सम्बन्ध पालिकाले पटकपटक अनुगमन गर्दै आएको छ । यसैक्रममा आइतबार पालिकाका वडा नम्बर २,३,४ र ६ मा संचालित आयोजनाको अनुगमन गरिएको हो ।
अनुगमनमा बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष भगवती डगौरा (थारु,वडा नम्बर ३ कि सदस्य कोकिला खत्री, पालिकाका प्राविधिक तारा चौधरी र पत्रकारको सयुक्त टोलि स्थलगत खटिएको थियो ।
अनुगमनका क्रममा यहाँ संचालित विकास निर्माणका कार्यहरू कसरी भैरहेका छ्न, स्टमेटअनुसार काम भएको छ /छैन भन्ने सम्बन्धमा निरीक्षण गरिएको पालिकाकी उपाध्यक्ष डगौराले बताउनुभयो । उहाँले भन्नुभयो – पालिकाका ६ वटै वडामा संचालित आयोजनाको हामीले अनुगमन गदै आएका छौ, स्टमेट अनुसार आयोजनाको काम नगर्ने उपभोक्ता समिती, ठेकेदारलाई योजनाको मुल्यांकन अनुसार काम गर्न निर्देशन दिदै आएको बताउनुभयो ।
यदी अनुगमनका क्रममा गुणस्तरीय काम नगरेको पाइएको खण्डमा योजना प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुका साथै कामचोर समिती र पैसा पचाउनकै लागि टालटुल कामगर्नेलाई भुक्तानी रोक्ने र कटौती गर्नेसम्मका काम पालिकाले गरेको बताउनुभयो ।
उहाँले पालिकामा संचालित आयोजनाको अनुगमन ,निरीक्षण र त्यसको गुणस्तरीयताका सवालमा कडा निगरानी थालिएपछि आयोजनाको काम प्रभावकारी बन्दै गएको पाइएको छ ।
अनुगमन टोलीले आइतबार यहाँ संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम ,सडक बाटो, कलभर्ट, तटबन्ध ,मन्दिर तथा सामुदायिक भवनको कार्य प्रगति बारे अबलोकन गरेको हो । सो क्रममा वडा नम्बर दुई, चार, ६ मा संचालित आयोजना सबैभन्दा राम्रो पाइएको बताएको छ ।