राहत सामाग्री लिएर घर फर्किदै गर्भवती महिला

महेश सिंह सिरहा । यहाँका गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरी र महिला संघकी केन्द्रिय सदस्य संगिता कार्माचार्यले यहाँका २१ जना गर्भवती महिलाहरुलाई पौष्टिक आहार तथा खाद्यान्न सामग्री वितरण गरेका हुन।

लहान नगर पालिका १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको रोहवरमा सो राहात सामग्री वितरण गरिएको हो । कार्यक्रममा सम्बन्धित वडा का महिला निर्वाचित जनप्रतिनिधि राम कुमारी दास लगायत सहभागीता रहेको थियोे।

राहत पाउदा उनीहरूले खुशी हुँदै सहयोगी हात चौधरी र कार्माचार्य लाई धन्यवाद दिएका थिए । लहान १५ का मेनहर्वा ,सोभापुर ,लगराहा ,बिरनगर , मोहनपुर लगायतका जम्मा २१ जना महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको थियो । राहत सामग्रीमा चामल १० किलो दाल १ किलो, नुन १ पोका चना १ किलो,चिनी १किलो र खाने तेल १ पोका वितरण गरिएको बताइएको छ ।

उक्त सामाग्री एपोलो ॐ सेकेन्डी स्कुल लहानले सामाग्री उपलब्ध गराएको हो ।

 

प्रतिक्रया दिनुहोस्