जुम्ली खसभाषाका वर्णहरूलाई अन्तिम रूप दिइँदै

जुम्ला। जुम्ली खस भाषाका वर्णहरुलाई अन्तिम रुप दिएर तयार पारिँदै छ। स्थानीय खसभाषाका जानकार तथा स्थानीयहरुको सहभागितामा तयार भएको मस्यौदाको अन्तिम रूप दिनका लागि खस जुम्ली भासाको वर्ण प्रवर्धन कार्यान्वयन कार्यक्रम भएको छ।

६ वटा स्वर वर्ण र २९ वटा व्यन्जन वर्णको वर्णमालाको मस्यौदा तयार गरी अगाडि बढेको छ। मातृभाषा केन्द्रको पहलमा ४ वर्ष अघिदेखि शुरु गरिएको वर्णको मस्यौदालाई अन्तिम रुप दिन जुम्लामा दुई दिने कार्यशाला सम्पन्न भएको छ।

मातृभाषा केन्द्रले शुरुवात गरेको मस्यौदाको अन्तिम रुप दिन भने हिमाली आदीवासी समाज जुम्ला पुगेको थियो। जुम्लामा स्थानीय खस भाषा जानकारहरुसँगको छलफलमा सूझाव संकलन तथा तयार भएको बर्णको प्रवर्धनका लागि सूझाव संकलन तथा अभ्यास कार्यक्रम गरिएको सहजकर्ता कर्णबहादुर भण्डारीले बताए।

उनले भने, ‘जुम्ली खस भाषाको संरक्षणका लागि यो वर्ण तयार गरिएको छ।’ लामो समयदेखि खस भाषाको संरक्षणका लागि लिखित वर्ण तयार हुन नसकेका कारणले कतिपय अक्षर र शब्दमा अन्योल भईरहेको समयमा अव पूर्णता पाउने भएको हिमाली आदीवासी सामाजका केन्द्रीय संयोजक टासि छिरिङले बताए। उनका अनुसार अब खस भाषाको वर्ण कार्यान्वयन गर्न सरकारीस्तरमा लिइनेछ। नेपाल सरकार, संघीय सरकार र स्थानीय सरकार सँग समन्वय गरी कार्यान्वयनका लागि अघि बढाईने भएको हो।

खस भाषामा २९ वर्ण मात्रै हुने भएका छन्। हाल चल्तीमा रहेको ३६ वटा देवनागरिलिपी मध्य ञ, ण, क्ष, त्र ज्ञ, श, ष खस भाषामा प्रयोग नहुने गरी मस्यौदा आएपछि ण मा भने पछाडिको अक्षर शब्द आउने भएको सहभागीहरुले सुझाव दिएका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलागाईले केही शब्द आउने भएकाले ण नहटाउदा उपयूक्त हुने सुझावसमेत दिए। शिक्षाविद्ध तथा खस भाषाका जानकार लोकराज चौलागाईले खस भाषाको बर्ण चाडै बजारमा आउन आवश्यक रहेको बताए। उनले, यसले अन्तिम रुप दिएपछि स्थानीय सरकार र शिक्षा सँग सरोकार राख्ने संस्थाहरुको सहकार्यमा कार्यान्वयनमा लिनुपर्ने बताए।

यो वर्ण तयार गर्न स्थानीय भाषाका जानकार तथा शिक्षाविद्धहरु लोकराज चौलागाई, गणेश प्रसाद चौलागाई, मुनिचन्द्र न्यौपाने, रमानन्द आचार्य, पूर्णसिंह कठायत, वलिराज शाहीसहित स्थानीय पत्रकारहरु, हाल शिक्षा क्षेत्रमा उच्च क्षेत्रमा अध्ययन गरिरहेका र अनुभवि व्यक्तिहरुको सहभागितामा ३ वर्ष अघि दुई, तिन चरणमा छलफल गरी वर्ण तयार गरिएका छन्।

त्यस्तै, स्वर वर्णमा अ आ इ उ ए र ओ बाट मात्रै खस भाषा बोलिने भएकाले स्वर वर्ण कायम गरिएको छ। वर्णको अन्तिम रुप दिन तथा छलफलबाट निश्कर्ष गर्नका लागि स्थानीय तथा दुई दशकभन्दा बढी पत्रकारिता क्षेत्रमा काम गरेका पत्रकार कर्ण भण्डारी र स्थानीय हरिप्रसाद कुमाईलाई सहजकर्ताको जिम्मेवारी पनि दिइएको छ।

प्रतिक्रया दिनुहोस्