कोरोना संक्रमण दर बढ्दैः बुधबार थपिए १६२ संक्रमित

काठमाडौं। गत २४ घण्टामा ३ हजार ९ सय १९ पिसिआर परीक्षण हुँदा मुलुकभर बुधबार १ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यसै समयावधिमा ५९ जना संक्रमणमुक्त भएका छन्।

मंगलबार १ सय ६७ जना,सोमबार १ सय ४१ र आइतबार ८१ जनामा कोरोना पुष्टि भएको थियो। हालसम्म २२ लाख ७१ हजार ३ सय २७ जनाको परीक्षण गरिएको छ। कुल २ लाख ७७ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ। उपचाररत १४ सय ९३ छन्।

त्यस्तै, २ लाख ७२ हजार ७ सय ८६ संक्रमणमुक्त भएका छन्। हालसम्म ३ हजार ३० संक्रमितको मृत्यु भइसकेको छ। पुरुष संक्रमित १ लाख ७९ हजार ८ सय ८९ र महिला ९७ हजार ४ सय २० छन्।

प्रतिक्रया दिनुहोस्