खैरेनीमा सम्पन्न खुल्ला भलिबल प्रतियोगिताको उपाधी डल्फीन फिड लम्कीको पोल्टामा

बौनिया, कैलाली । कैलालीको बर्दगोरिया ३ खैरेनीमा स्त्थानीय  साइनिङ  स्टार युवा क्ल्वको आयोजनामा सम्पन्न चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगितामाको उपाधी डल्फीन फिड लम्कीले हात पारेको छ । आज (बुधबार) भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रदेश प्रहरी कार्यालय धनगढीलाई हराउदै डल्फिन फिडले उपाधी कब्जा गरेको हो । हारसंगै प्रदेश प्रहरी कार्यालय धनगढी स्थानमा चित्त बुझाउन पुग्यो ।

प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा राष्ट्रिय मा.वि. तारानगरलाई हराउँदै चिसापानी एडभेन्चर एण्ड रिसोर्ट बिजयी बन्न सफल भयो ।

प्रतियोगिताको उपाधी कब्जा गर्न सफल डल्फीन फिड लम्कीले नगद ८१ हजार, दोस्रो हुन सफल प्रदेश प्रहरी कार्यालय धनगढीले ४५ हजार र तृतीय हुन सफल चिसापानी एडभेन्चरले २१ हजार ट्रफि र मेडल प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न उपाधी जित्न सफल टीम र खेलाडीलाई बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु, वडा नम्बर एकका अध्यक्ष जयरुप खतिवडा र तीन नम्बर वडा अध्यक्ष करने सुनार, नेकपा एमाले युवा नेता टङ्क वली लगाएतले पुरस्कार वितरण गरे ।

 

 

 

प्रतिक्रया दिनुहोस्