बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पहेँलो धातु (सुन)को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

तोलामा ९ सय रुपैयाँले बढेसँगै शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

चैत महिनामा पहिलो पटक सुनको मूल्य पहिलोपटक ८७ हजार ४ सय रुपैयाँ पुगेको हो । चैत १ गते छापावाल सुनको मूल्य ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो भने त्यसयता सुनको मूल्यमा उतारचढाव कायम नै रह्यो ।

चैत ८ चैत छापावाल सुनको मूल्य ८७ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य घट्दो क्रममा नै थियो ।

तर, यो साता भने सुनको मूल्यमा तीव्र उतारचढाव आयो । यही हप्ता सुनको मूल्य चैत महिनाकै सबैभन्दा कम प्रतितोला ८५ हजार ६ सय रुपैयाँ कायम भयो भने अन्तिम कारोबारको दिन महिनाकै सबैभन्दा बढी ८७ हजार ४ सय रुपैयाँ पुग्यो ।

शुक्रबार तेजाबी सुनको मूल्य ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ ।यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँ कायम भएको थियो ।

शुक्रबार भने तोलामा ३० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्