काङ्ग्रेस बर्दगोरियाले भन्यो – चारकिल्ला प्रमाणितका नाममा चर्को शुल्क असुली बन्द गर

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले अव्यवस्थित बसोबासीबाट सिफारिस वापत लिइरहेको रकम जनहितविपरीत भएको भन्दै नेपाली काँग्रेसले निर्णय फिर्ता लिन माग गरेको छ ।

काँग्रेस बर्दगोरियाले एक प्रेस विज्ञप्तिमार्फत् विगत ३ वर्षदेखिको करको भार आम नागरिकलाई थुपार्नु अनुचित भएको ठहर गर्दै सो निर्णय खारेजी तथा पुनर्विचार गर्न माग गरेको हो । शनिबार बसेको नेपाली काँग्रेस बर्दगोरियाको बैठकले निर्णय नसच्चाइए आन्दोलन तथा संघर्ष गर्ने निर्णयसमेत गरेको छ ।
स्थानीय सरकारले राज्यका हरेक निकाय र कार्यालय मार्फत् जनतालाई दिइने सेवा सुविधाको समान र सरल पहु“च पुग्ने गरी कार्य गर्नुपर्नेमा आम सर्वसाधारण जनतालाई दुःखसास्ती हुने गरी भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट चारकिल्ला प्रमाणित गरेको नाममा चर्काे शुल्क रकम उठाउनु जनताको हितविपरीत कार्य भएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ, जारी प्रेस विज्ञप्ति
प्रस्तुत विषय बारे यस कैलाली जिल्ला बर्दगोरिया गाउँपालिकामा गाउँपालिका कार्यालयले अव्यवस्थित बसोबासीहरुको सिफारिस दस्तुर बापत स्थानीय जनताबाट चर्काेरुपमा रकम संकलन गरिरहेको विषयमा हाम्रो पार्टी नेपाली का“ग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय सरकारले राज्यका हरेक निकाय र कार्यालय मार्फत् जनतालाई दिइने सेवा सुविधाको समान र सरल पहु“च पुग्ने गरी कार्य गर्नुपर्नेमा आम सर्वसाधारण जनतालाई दुःखसास्ती हुने गरी भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट चारकिल्ला प्रमाणित गरेको नाममा चर्काे शुल्क रकम उठाउनु जनताको हितविपरीत कार्य भएको हाम्रो ठहर रहेको छ ।
अन्य पालिकामा स्थानीय सरकारले जनतालाई सामान्य सेवाशुल्कमा जनताको हितमा काम गरिहेका बेला बर्दगोरिया गाउँपालिकाले भने मिति २०७७÷१२÷१० गतेको कार्यपालिका बैठकबाट निर्णय भइ प्रकाशित गरिएको सूचना अनुसार आ.व.२०७४÷०७५ देखि चालु आ.व.सम्मको एकैपटक ३ (तीन) वर्षको विटौरी कर रकम आम नागरिक, श्रमजीवि किसान, मजदुर तथा गरीब विपन्न जनताको ढाड सेक्ने गरी राजश्व शीर्षकमासमेत एकरुपता नहुने गरी रकम उठाइरहेको बुझिन आएकाले यस क्षेत्रका जनता प्रत्यक्षरुपले पीरमर्का वा समस्यामा परेका छन् । बर्दगोरिया गाउँपालिकामा स्थानीय सरकारले उक्त विटौरी कर बापतको रकम संकलनको निर्णय तत्काल खारेजी तथा पुर्नविचार गर्न स्थानीय सरकार र जनप्रतिनिधिलाई आग्रह गर्दछौँ । उक्त निर्णय नसच्चाइएमा चरणवद्धरुपमा आन्दोलन तथा संघर्षका कार्यक्रम सार्वजनिक गरिने जाहेर गर्दै जनताको हित, समस्या र गुनासोलाई तत्काल सम्बोधन गर्नतिर गम्भीर हुन माग गर्दछौँ । अन्यथा, कडा संघर्ष र आन्दालेनका कार्यक्रम गर्दै जाने र यसबाट पर्ने कुनैपनि प्रकारको क्षतिको जिम्मेवारी स्वयम् स्थानीय सरकारले लिनुपर्नेतर्फ समेत ध्यानाकर्षण गराउन चाहान्छौँ ।
हर्कबहादुर शाह (सचिब) नेपाली काग्रेस बर्दगोरिया गाउँपालिका मुडा, कैलाली
सुदूपश्चिम प्रदेश

प्रतिक्रया दिनुहोस्