सेती लोकमार्गले गति लिदै, लोकमार्ग निर्माणका लागि वनको अवरोध हट्यो

बौनिया, कैलाली । सुदुरपश्चिमका नागरिकका लागि भाग्य र भविस्यसँग जोडिएको सेती लोकमार्ग निर्माणले अब गति पाउने भएको छ । सेती लोकमार्ग निर्माणका लागि वनले अबरोध गरेपछि यसअघि निर्माण कार्य बिचमै रोकिएको थियो ।

मन्त्रिपरिषद्को स्वीकृतीमा वन मन्त्रालयले सेती लोकमार्गको कैलाली खण्डमा पर्ने रुख कटानी आदेश दिए पनि आधिकारिक रुपमा पत्र नपाउँदा काम अघि बढ्न सकेको थिएन । गत ०७७ मंसिर १० गते संघीय वन तथा भू–संरक्षण मन्त्रालयले सडक क्षेत्रमा पर्ने रुख कटानीका लागि आदेश दिएको थियो। तर सो सम्बन्धी आधिकारिक पत्र प्राप्त नभएको भन्दै वनको अवरोधका कारण सेती लोकमार्ग निर्माणको काम रोकिएको थियो ।

मन्त्रिपरिषद्को स्वीकृतीअनुसार सेती लोकमार्ग निर्माणका लागि कैलालीको साविकको पाण्डौन गाविस (हालको मोहन्याल ) गाउँपालिका भित्रका सबै सामुदायिक वनलाई सडक निर्माणका लागि गरिएका सहमति र सम्झौता अनुसार रुक कटानी गर्न दिन डिभिजन वन कार्यालय पहलमानपुरले निर्देशन जारी गरेको छ।

कार्यालयको यही चैत्र २० गते जारी निर्देशनात्मक पत्रमा मातहतका सामुदायिक वनलाई सम्झौता अनुसार कामगर्न कुनैपनी अबरोध सृजना नगर्न भनिएको छ । यो निर्देशनसंगै अब सेती लोकमार्गले गति लिने आम अपेक्षा छ ।

कैलालीको बौनिया बजारदेखि ४० किलोमिटर उत्तर ठुलीगाडसम्मको सडक निर्माणका लागि ४२ महिना पहिला निर्माण सम्झौता भएको थियो । तर बनको अवरोधले उक्त सडक निर्माणमा समस्या सृजना भएको थियो ।

कैलालीको बौनियादेखि उत्तर ठुलीगाडसम्ममा ४० किलोमिटर क्षेत्रको सडक निर्माणका लागि ३३ करोडमा ठेक्का सम्झौता गरिएको थियो। जसमा टीकापुर, बौनिया, ठुलीकाड, लोडेगाड, बेरासेन, रानागाउँ, तमैल, चैनपुर, धुली, ताक्लाकोट लोकमार्ग निर्माणको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारिएको छ।

टीकापुर लाई शून्य प्वाइण्ट मानेर निर्माण शुरू भएको लोकमार्ग सुस्तगतिमा अघि बढेकोप्रति चिन्ताको बिषय बन्दै आएको छ । सेती लोकमार्गको निर्माण कार्य सकिएका खण्डमा  खक्रौलाघाट देखि चिनको ताक्लाकोट सम्म सहजै यात्रा गर्न सकिने छ ।

लोकमार्ग निर्माणले पूर्णता पाए चीनसँगको नाका खुल्नुका साथै कैलाश मानसरोवर यात्राका लागि सुदुरपश्चिम प्रदेशबाटै बाटो खुल्ने छ । यसका साथै तिब्बत उत्पादित वस्तुले बजार पाउने अपेक्षा पनि प्रदेशवासीले गरेका छन् ।

सुदुरपश्चिमको आर्थिक विकास र समृद्धिका लागि सरकारले आजभन्दा करिव एक दशक अघिदेखि बहुप्रतिष्ठित योजनाको रूपमा सेती लोकमार्गलाई अघि सारेको थियो ।

प्रतिक्रया दिनुहोस्