
करिब एक किलो सुनसहित प्रहरीले विमानस्थलबाट एक युवकलाई पक्राउ गरेकाे छ । विमानस्थलमा खटिएको प्रहरी र विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार राती नियन्त्रणमा लिएको हो ।
उनी मङ्गलवार राति फ्लाइ दुवईको उडानबाट काठमाडौं ओर्लिएका थिए । सुरुमा प्रहरीले उनको साथमा रहेको ५० ग्रामको सुनको बाला नियन्त्रणमा लिएको थियो । त्यसपछि पनि स्क्रिनिङ मेसिनमा सुन देखिएको थियो ।
तर उनको झोला खोज्दा काही कतै केही भेटिएन। पछि उनले ल्याएको कुकुरको तल्लो भाग फोडेर हेर्दा सुन भेटिएको थियो।