सुदूरपश्चिममा भीम रावलको संयोजकत्वमा प्रदेश कमिटी घोषणा

धनगढी । एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले सुदूरपश्चिममा समानान्तर समिति घोषणा गरेको छ । खनाल र नेपाल पक्षको मंगलबार सकिएको प्रदेशस्तरीय विस्तारित बैठकले रावलको संयोजकत्वमा कमिटी घोषणा गरेको हो ।

खनाल–नेपाल पक्षधर नेताहरूले यसलाई समानान्तर समिति नभई अपूर्ण रहेको समितिको पूर्णता भनेका छन् ।

दुई दिन भएको भेलाले सुदूरपश्चिमका नौमध्ये ८ जिल्लामा नेपाल पक्षले अध्यक्ष पनि तोकेको छ।

यी हुन् नेपाल समूहले तोकेका जिल्ला अध्यक्ष

कैलाली– दीर्घ सोडारी

कञ्चनपुर– तारा लामा तामाङ

डोटी– चक्र बहादुर मल्ल

डडेल्धुरा– तारा जोशी

बैतडी– महादेव भट्ट

अछाम– शेर बहादुर कुँवर

बझाङ– दिल बहादुर सिंह
बाजुरा– गगन रावल
दार्चुला– तोक्न बाँकी

प्रतिक्रया दिनुहोस्