भारतबाट आएका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

कञ्चनपुर। सुदूरपश्चिममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

दोस्रो चरणको संक्रमण फैलिएपछि सुदूरपश्चिममा पहिलो पटक संक्रमितको मृत्यु भएको हो।अस्पतालका अनुसार ती पुरुष चैत २२ गते भारतको गुजरातबाट नेपाल आइपुगेका थिए । परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए।

मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रया दिनुहोस्