बाँकेसहित ७ जिल्लाका सिडिओको सरुवा (सुचिसहित)

काठमाडौं । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको छ।

जसमा बाँकेका शिवलाल गेलाल, नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुइटेल, वैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा र मकवानपुरमा भरतमणी पाण्डे सिडिओका रुपमा पुगेका छन्। उनिहरु सबै जना सहसचिव हुन्। बाजुराको सिडिओको जिम्मेवारी उपसचिव गोपालकुमार अधिकारीले पाएका छन्।

यसैगरि सहसचिव नारायण प्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। मन्त्रालयका आज ७ सिडिओ सहित २६ उच्च अधिकारीको सरुवा गरेको हो।

 

प्रतिक्रया दिनुहोस्