यौन सम्पर्क गर्न नदिएको आवेगमा श्रीमानले गरे श्रीमतीको हत्या

रुपन्देही । रुपन्देहीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैयाकी कुश्मा बानियाँको उनकै श्रीमान गनपतले यौनसम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई बिहीबार बिहान पक्राउ गरेको छ । ५५ वर्षीय कुश्मा बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ पनि खानपिन गरी राति ९ बजेतिर सुत्न गएकी कुस्मालाई यौन सम्पर्क गर्न नदिएको भन्दै आफैंले घाँटी थिचेर हत्या गरेको गनपतले प्रहरीसामु बयान दिएको हाे ।

 

प्रतिक्रया दिनुहोस्