मस्टाे कुल प्रतिष्ठानको चेतावनी – हामी हिन्दुका अनुयायी हौ, अलग्याउने कुचेष्टा नगरे हुन्छ”

काठमाडौ । मस्टो कुल प्रतिस्ठानले हिन्दु पुजा पद्धति मस्टाेलाई धर्मकाे रुपमा गलत प्रचार गरि बदनाम गर्न खोजिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आगामी जनगणना २०७८ लाई प्रभावित पार्न धर्म निरपेक्षकाे आडमा हुन सक्ने धर्मान्तरण , धार्मिक चुनाैती र सांस्कृतिक अतिक्रमणकारीले प्रतिस्ठान माथि आच आउनेगरी वितण्डा मच्चाइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्रतिस्थापनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कु-कृत्यगर्ने माथि कडा कारवाही गर्न सरकारसंग माग समेत गरेको छ ।

प्रतिस्ठानका अध्यक्ष मोहन सिंह खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ – विदशीकाे ईशारामा धार्मिक सद्भाव भड्काउने (खस- आर्य) पहिचानकाे नाममा जातीय द्वन्द्व मच्चाउन खाेज्नेहरुले गरेको यस प्रकारको कार्य निन्दनीय छ, हामी हिन्दुका अनुयायी हौ, मस्टाे पूजा गर्छाैं ।”हाम्रो हिन्दु धर्म ,संस्कृति,परम्परा ,माैलिक मूल्य मानयता सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने कार्यमा सक्रिय तत्वलाई कारबाही गरिनुपर्छ । आगामी दिनमा समेत यस्ता कार्य दोहोरिय कडा कदम चाल्न वाध्य हुने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ ।

केही दिन अघिमात्र नेपाल राष्ट्रिय मण्डली सङ्गतिका महासचिव शेरबहादुर ए.सी र नेपाल क्रिस्टियन समाजका महासचिव डिल्लीराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा मस्टाेलाई धर्मकाे रुपमा गलत प्रचार गर्ने उदेश्यले प्रचारबाजि गरिएको थियो ।

 

 

प्रतिक्रया दिनुहोस्