वेवारिसे भेटिएका बालकहरुलाई “सभ्यताको घर”ले आफन्तको जिम्मा लगायो

कोहलपुर। मानवका लागि मानव सहयोगी विकास केन्द्रले बाँकेको राप्तीसोनारी-८ समशेरगंजमा वेवारिसे फेला परेका २ बालकहरुलाई आफन्तको जिम्मा लगाएको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले दाङ जिल्लाको तुलसीपुर-७ का १२/१२ वर्षिय विशाल बस्नेत र दिपक योगीलाई हिजो २७ गते शुक्रबार बाँकेको समशेरगंजमा वेवारिसे अवस्थामा फेला पारि संरक्षण र सुरक्षाका लागि मानवका लागि मानव सहयोगी विकास केन्द्र “सभ्यताको घर” लाई जिम्मा दिएको थियो।

बालकहरुको परिवार सम्पर्कमा आएपछि आज शनिबार इलाका प्रहरी कार्यालय कोहलपुरमै पुगेर ईप्रकाको रोहबरमा उनीहरुका आफन्त बाँके बैजापुरका विनोद कवरको जिम्मा लगाईएको “सभ्यताको घर”का अध्यक्ष कृष्णप्रसाद उपाध्यायले जानकारी दिए।

प्रतिक्रया दिनुहोस्