लुम्बिनी प्रदेशमा चाँडै सरकार परिवर्तन हुन्छ : केसी

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् ।

आइतबार बुटवलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता केसीले सो बताएका हुन् ।  केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने बताउँदै मन्त्री केसीले सोहीबमोजिम लुम्बिनी प्रदेश सरकार पनि छिट्टै परिवर्तन हुने दाबी गरे ।

कार्यक्रममा मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधानभित्र बसेर भएकाले छिट्टै निकास निस्कनेसमेत बताए । अहंकार र दम्भले कोही अगाडि नबढ्ने बताउँदै उनले अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए ।

 

 

प्रतिक्रया दिनुहोस्