भजनीमा एक महिला मृत अवस्थामा फेला, श्रीमान पक्राउ

भजनी । कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।  भजनी नगरपालीका–२ की ३० वर्षीया रेखा चौधरी मृत अवस्थामा फेला परेकी हुन।

शुक्रबार राति ९ बजे घरबाट हिँडेकी चौधरी शनिबार घरदेखि ५० मिटर दक्षिणमा माछा पोखरी नजिकै झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेको ईलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ।

शुक्रबार श्रीमान चन्दन बखरिया र श्रीमतीबिच सामान्य विषयमा झगडा भएको बुझिएको छ। प्रहरीले श्रीमानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

श्रीमान विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

 

प्रतिक्रया दिनुहोस्