माओवादीका पूर्व मन्त्रीले एमाले नेतालाई कुटे !

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री रहिसकेका एक जना नेता कुटपिटमा उत्रिएका छन् ।

वाग्मती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री तथा माओवादी केन्द्रका नेता युवराज दुलालले सिन्धुपाल्चोकमा एमाले कार्यकर्तालाई कुटेका हुन् ।

नेकपा हुँदा एकै पार्टीमा रहेका एमाले नेतामाथि पूर्वमन्त्रीको उपस्थितिमा कुटपिट भएको आरोप लागेको छ ।

एमाले सिन्धुपाल्चोकले एक विज्ञप्ति जारी गरेर एम्बुलेन्स हस्तान्तरणसम्बन्धी एक कार्यक्रमको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विवादमा दुलालले आफ्ना कार्यकर्तामाथि हातपात गरेको जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिको सहयोगमा प्राप्त एम्बुलेन्स स्थानीय पोखरे साना किसान कृषि सहकारीलाई हस्तान्तरणका क्रममा सो विवाद भएको हो ।

एमालेले आफ्ना जिल्ला कमिटी सदस्य विष्णुमणि आचार्य तथा इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रममा कार्यरत अशोक कोइरालामाथि हातपात भएको जनाएको हो । दुलालसहितको टिमको आक्रमणबाट कोइरालाको आँखामा चोट लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिक्रया दिनुहोस्