बन्द प्रशिक्षणका लागि छानिए ३२ खेलाडी

काठमाडौं। नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि पहिलो चरणमा ३२ खेलाडीलाई क्याम्पमा बोलाएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बन्द प्रशिक्षण मे १७ बाट सुरु हुँदै छ। विश्वकप छनोटका खेलहरूलाई ध्यानमा राख्दै अब्दुल्लाहले राष्ट्रिय टिमको क्लोज क्याम्प सुरु गर्न लागेका हुन्।

नेपालले विश्वकप र एसियाकप छनोटका लागि घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ। नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेविरुद्ध खेल्न बाँकी छ।

बन्द प्रशिक्षणका लागि परेका खेलाडीमा गोलरक्षकमा किरण लिम्बू, विकेश कुथु, दीप कार्की र विशाल सुनार रहेका छन्। त्यस्तै डिफेन्डरहरूमा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ र विकास खवास रहेका छन्।

मिडफिल्डमा त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट र सुमन लामा छन्। फर्वाडमा दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल र नवयुग श्रेष्ठ रहेका छन्।

प्रतिक्रया दिनुहोस्