त्रिदेशीय क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

काठमाडौं। त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत टिमको घोषणा गरेको हो। घरेलु भूमिमा नेदरल्याण्ड्स र मलेसियासँग हुने ट्राइसिरिजका लागि नेपालले १५ सदस्यीय टिम घोषणा गरेको हो।

क्यानले १८ जना खेलाडी समेटी शुरु गरेको बन्द प्रशिक्षणबाट अन्तिम १५ खेलाडी छनोट गरेको हो। यसअघि प्रशिक्षणमा बोलाईएका सन्दीप जोरा, लोकेश बम, बिक्रम सोव, पवन सर्राफ र ललित नारायण राजवंशी राष्ट्रिय टिममा परेका छैनन्। यद्यपी साहब आलम र आशिफ शेख भने पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका छन्।

यस्तै कुशल भुर्तेल पनि पहिलो पटक टी-ट्वेन्टी क्रिकेटका लागि राष्ट्रिय टिममा परेका छन्। यहि बैशाख ४ गतेबाट त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आयोजना हुने प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा खेलाईने छ।

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ।

प्रतिक्रया दिनुहोस्