कोपा डेल रेको उपाधि बार्सिलोनालाई

काठमाडौ । कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा एथलेटिको बिल्वाओलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि उचालेको हो ।

दोस्रो हाफमा १२ मिनेटको अवधिमा चार गोल गरेपछि बार्सिलोना कोपा डेल रेको च्याम्पियन बन्यो । यो बार्सिलोनाकाे लागि सिजनको पहिलो उपाधि हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सीले दुई, एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान एक एक गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ६० औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले डियो योङको पासमा गोल गरेका थिए । त्यसको तीन मिनेट नबित्दै जोडि अल्बाको पासमा हेडिङमार्फत डियो योङ गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

खेलको ६८ औँ मिनेटमा कप्ता मेस्सीले गोल गर्दै बार्सिलोनलाई ३–० को अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै फेरि मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । उनले जोडि बल्लाको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो ।

बार्सिलोना २०१८ पछि पहिलोपटक कोपा डेल रेको च्याम्पियन बनेको हो । बिल्वाओ लगातार दुई सिजन फाइनलमा पुगेपनि उपाधि जित्नबाट बञ्चित बन्यो ।

 

 

प्रतिक्रया दिनुहोस्