कैलालीमा भोलिदेखि १० दिनसम्म विद्यालय बन्द गर्न स्थानीय तहलाई प्रशासनको निर्देशन

कैलाली । कोरोना संक्रमणको उच्च जोखिम बढेपछि कैलालीमा आगामी १० दिन विद्यालय बन्द गर्न  जिल्ला प्रशासन कार्यालय कैलालीले निर्देशन दिएको छ ।

पछिल्लो केही दिनयता जिल्लामा भारतबाट भित्रीनेको संख्या बढेपछि कोरोनाको दोस्रो लहरले जोखिम बढाएको भन्दै प्रशासनले सोमबारदेखि १० दिनसम्म विद्यालय बन्द गर्न जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्ने समेत जनाएको छ । कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिन पछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिने समेत जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्