बर्दगोरियामा युवाहरूका लागि पलम्बिङ तालिम सुरु

बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित सडकपुर बौनियामा एक महिने पलम्बिङ तालिम सुरु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को आयोजना तथा समृद्ध नेपाल ट्रेनिङ सेन्टरको समन्वयमा आइतबारदेखि तालिम सुरु भएको हो ।

तालिमको एक कार्यक्रमकावीच उद्घाटन गरिएको छ ।
व्यवसायिक तालिमहरुले युवाहरुलाई आत्मनिर्भर बन्न मद्दत पुराउने उदेश्यका साथ तालिम संचालन गरिएको वडा अध्यक्ष श्याम कुमारी चौधरीले जानकारी दिनुभयो । व्यबस्थापिका तालिमको माध्यम बाट युवालाई सिप सिकाई व्यवसायाय सन्चालन गरि देशमै नमुना काम गर्न मद्दत पुर्याउने हेतुले तालिम प्रदान गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा समृद्ध नेपाल ट्रेनिङ सेन्टरका धिरज शाहीले
तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सके स्वदेशमै आत्मनिर्भर बन्न सकिने बताउनुभयो । उहाले पछिल्लो समय पलम्बिङ पेशा फस्टाएको भन्दै यस तालिमबाट सक्दो लाभ लिन सकिने बताउनुभयो । उहाँले तालिममा सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारीक रूपमा सिकेका सीपलाई कार्यान्वयन गर्न आवस्यक रहेको बताउनुभयो ।

एक महिनासम्म चन्ले उक्त तालिममा २० जनाको सहभागीता रहेको छ । कार्यक्रम संचालन मिलन ओलीले गर्नुभएको थियो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्