कोरोना कहर ; यी हुन वैशाख महिनाभर विद्यालय बन्दहुने शहरहरु

काठमाडौ । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने उनले बताए । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।

कोरोना संक्रमणको जोखिम बढेपछि बैशाख मसान्तसम्म सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले बालबालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै उच्च जोखिम रहेका जिल्लाहरुमा पठनपाठन बन्द गरी अनलाइन माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णणयअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, हेटौंडा, काँकडभिट्टा, विर्तामोड, दमक, विराटनगर, इटहरी, धरानका सरकारी तथा निजी विद्यालय बन्द हुनेछन् ।

यस्तै, वीरगञ्ज, जनकपुर, राजविराज, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द हुनेछन ।

 

प्रतिक्रया दिनुहोस्