राज्यबाट उपेक्षित भएको मुक्त कम्लहरीको गुनासो ,बर्दगोरिया गाउँपालिका घेराउसहित बुझाए ज्ञापनपत्र

बौनिया, कैलाली । मुक्त कमलरीहरूको समस्या समाधान र सम्बोधन गर्नुपर्ने मागसहित मुक्त कमलरी विकास मञ्च कैलाली, मुक्त कमलरी विकास मञ्च स्थानीय समिती बर्दगोरियाले बर्दगोरिया गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

बुधबार मुक्त कमलरीहरूको चाहाना शिक्षा, सीप, रोजगार, जमिन सहितको पुनर्स्थापना, प्राविधिक शिक्षाको व्यवस्था गरिनुपर्ने ,लोकसेवा तयारी कक्षाको व्यवस्था हुनुपर्ने , बेपत्ता कमलरीको खोजि तथा हत्या गरिएका कमलरीलाई न्याय दिइनुपर्ने र ३६ महिने सीप मुलक तालिमको व्यवस्था गरिनुपर्ने लगायतका १० बुदे मागहरूसहित गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुलाई ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष चौधरीले कमलरीहरूको समस्या सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले उनिहरूलाई राज्यबाट पाउने शिक्षा, स्वास्थ्य, राजगारीजस्ता सेवा सुविधा दिलाउने प्रतिबद्धता समेत जनाए। साथै कमलरीहरूलाई स्वावलम्बी बनाउन तालिमको लागि बजेट छुट्याउने प्रतिबद्धता समेत जनाए ।

मुक्त कमलरी विकास मन्च कैलालीको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका कमलरी तथा कमलरी परिवारका सदस्यहरुको सहभागिता रहेको थियो।

प्रतिक्रया दिनुहोस्