मैले बुझेको पत्रकारिता- दिनेश धामी!

दिनेश धामी

पत्रकारिता सुचना र सञ्चार हो किनकी यस्ले विश्वका कुनै पनि घटना परिघटनालाई सिमित शब्द, ध्वनि, तस्बिर वा दृश्यमा छनोट गरि सधैं नयाँ कुरा जान्न चाहने वा जिज्ञासा शान्त पार्न उत्सुक रहने मानवीय स्वभाव सन्तुष्ट पार्ने विभिन्न प्रविधीको प्रयोग गरि नियमित रुपमा जनमानसमा सन्देश प्रवाह गर्ने प्रक्रियालाई जनाउँछ।

पत्रकारिताले सुचना सङकलन, सम्पादन, प्रस्तुतीकरण, प्रसारण वा वितरण गरि गलत कार्यको घोर बिरोध गरि समाज सुधारका लागि केही सहयोग गर्छ। समाजलाइ सुसूचित गर्ने, शिक्षित पार्ने, अभिप्रेरित गर्ने र मनोरञ्जन दिने काम पत्रकारिताले गर्छ। पत्रकारिताले समाजका हरेक गतिविधिलाई नियालीरहेको हुनाले यसलाइ समाजको ऐना तथा राज्यको चौथो अङ्ग पनि भनिन्छ। राज्यका तीन प्रमुख अङ्गले आ-आफ्नो क्षेत्राधिकारमा रहेर राष्ट्रको सेवा गरिहेका छन् तर ती देशका सम्पुर्ण अङ्गलाइ पत्रकारिताले निगारानी गर्ने भएकाले पत्रकारितालाइ राज्यको चौथो अङ्ग मानिएको छ।

प्रविधिका हिसाबले छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा वर्गीकरण गरिएको छ। जसमा माध्यमको प्रकृति र चरित्रअनुसार सन्देशको उत्पादन गरि प्रकाशन र प्रसारण गरिन्छ। बिषयबस्तुका आधारमा गरिएको वर्गीकरणमा प्रकृति र चरित्रअनुसारको सन्देशको उत्पादन गरि प्रकाशन र प्रसारण गरिन्छ। बिषयबस्तुका आधारमा गरिएको वर्गीकरणमा शान्ति, संसद, अदालत, बिकास, वातावरण, सुचनाप्रविधी, अर्थ, खेलकुद, मनोरञ्जनलगायतका पर्छन्। खोज अनुसन्धानात्मक वा विकास पत्रकारित्ता प्रक्रियागत हुन्छन् जसको ठोस तथ्य लामो अध्ययन र अनुसन्धानपछि सार्वजनिक गर्न सकिन्छ। त्यसैगरि निर्दिष्ट लक्ष्यप्राप्तिका लागि पनि पत्रकारिताको अभ्यास हुने गरेको छ। अन्य राष्टमा त्यति प्रचलित नभएको अभियान पत्रकारिता निश्चत उद्देश्य प्राप्तिका लागि निर्देशित हुन्छ।

विषयबस्तु, प्रस्तुतीकरण शैली र लक्ष्यका अधारमा पत्रकारिताको विभाजन गरिएको छ। सञ्चारमाध्यमले कुनै न कुनै स्वरुपमा यिनिहरुको अभ्यास गरिरहेका हुन्छन। व्यक्तिगत चरित्रहत्या गर्ने नियतले सुचनालाई सनसनीपुर्ण र अतिरञ्जित शैलीमा प्रस्तुत गर्ने पीतपत्रकारिता, अप्ठ्यारो अवस्थामा पारेर बोल्न बाध्य पार्ने एम्बुस पत्रकारिता, सर्वसाधारण जोकोहीबाट पनि गरिने ब्लग वा नागरिक पत्रकारिता, पुरानो शैली छोडेर भिन्न शैलीमा लेख्ने कला विकास गरिएको नयाँ पत्रकारिता, नियतपुर्वक चोट पुर्याउने वा आश्चर्य पार्ने स्टिङ्ग पत्रकारिता आदि नेपाली पत्रकारिताजगतमा प्रचलित छ्न्। तर वर्तमान पत्रकारिताको ईतिहास तथा पत्रकारहरु श्रमजीवी धेरै मात्रामा कम छन्। पत्रकार भनेको निष्पक्ष हुनुपर्छ तर अहिलेको समयमा त सबै पार्टिका पत्रकार मात्रै रहेका छन् हाम्रो देशमा।

जय पत्रकारिता

लेखक धामी बझाङ जिल्लाबाट विभिन्न अनलाईन सञ्चारमाध्यममा रिर्पोटरको काम गर्छन्।

प्रतिक्रया दिनुहोस्