अस्ट्रेलियाबाट बाँकेको ‘सभ्यताको घर’ लाई आर्थिक सहयोग 

कोहलपुर। बाँकेको कोहलपुर घर भइ लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका एक युवाले मानवका लागि मानव सहयोगी विकास केन्द्र ‘सभ्यताको घर’ बाँकेलाई आर्थिक सहयोग गरेका छन्।

विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका कोहलपुरका सन्दीप राना छेत्रीले बाँकेमा संचालित मानवका लागि मानव सहयोगी केन्द्र ‘सभ्यताको घर’ बाल आश्रमलाई २० हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्। संस्थाका कानुनी सल्लाहकार सरोजराज शाहीको समन्वयमा रानाले उक्त रकम सहयोग गरेका हुन्।

सहयोग रकम संस्थामा रहेका बालबालिका र आश्रमलाई आवश्यक सामाग्रीमा खर्च गरिने संस्थाका कानुनी सल्लाहकार शाहिले जानकारी दिए ।

जीवन पाउनु भाग्यको कुरा हो, मृत्यु हुनु समयको कुरा हो र बाचुञ्जेल असल कार्य गर्नु पर्छ र अब आउने दिनहरुमा आफूबाट हुने सहयोग गर्ने सहयोगदाता रानाले बताए ।

मानवका लागि मानव सहयोगी विकास केन्द्र ‘सभ्यताको घर’ ले दिनदुखी, असहाय, वृद्ध आमाबुवा, बेबारिसे व्यक्ति, बालबालिकाहरुका लागि काम गर्ने गर्दछ।

सहयोगदाता रानाले जस्तै सहयोग गरेर आश्रमलाई ठूलो बनाउने सपना पूरा गर्न सबै सहयोगीदाताको आशा र अपेक्षा राखेको समितिका पदाधिकारीहरुले जानकारी दिए।

संस्थालाई सहयोग गर्नका लागि संस्थाका अध्यक्ष कृष्णप्रसाद उपाध्याय (९८६६७६९२६५), कानुनी सल्लाहकार सरोजराज शाही (९८६९९५२३९६) र सदस्य रमेश वर (९८४८०५०२४२) लाई सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रया दिनुहोस्