कोभिड–१९ को दोस्रो लहर : तहगत व्यवस्थापन कार्ययोजना ल्याउन सुझाव

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले दैनिक बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहको तहगत व्यवस्थापनको स्पष्ट खाकासहितको कार्ययोजना ल्याउन सङ्घीय सरकारलाई सुझाव दिएका छन् ।

दैनिक बढ्दै गएको कोरोना तीनै तहको तहगत व्यवस्थापनमा मात्र कोरोनाविरुद्ध लड्न सकिने भएकाले सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नो जिम्मेवारीसहितको स्पष्ट खाका सङ्घीय सरकारले ल्याउनुपर्ने उहाँहरूले औँल्याउनुभएको हो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले सङ्घीय सरकारले सङ्घ, प्रदेश र स्थानीय तहले आर्थिक तथा भौतिक रूपमा केके गर्ने भन्ने स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गराउन आग्रह गर्नुभयो ।

“गत वर्ष कोरोना रोकथाम र नियन्त्रणका बारेमा नागरिकमा जनचेतनाको अभाव र शून्य पूर्वाधारको बीचमा स्थानीय तहको सक्रियताले कोरोना रोकथाम र नियन्त्रण भएको थियो,” उहाँले भन्नुभयो, “अहिले नागरिकमा कोरोनाको जनचेतना जागृत भएको ।

तीनै तहमा आआफ्नै प्रारम्भिक क्वारेन्टिन र आइसोलेसनको व्यवस्था भएकाले तीनै तहको प्रभावकारी व्यवस्थापन हुने हो भने कोरोना नियन्त्रण गर्न गाह्रो छैन ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रया दिनुहोस्