कोहलपुरमा भोलि आइतबार रातीदेखि लकडाउन हुने

कोहलपुर। बाँकेको कोहलपुरमा भोलि आइतबार रातीदेखि लकडाउन हुने भएको छ ।

कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले स्थिति भयावह हुने आंकलन गरि पहिलो चरणमा भोलि राती १२ बजेदेखि १ हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको हो।

संक्रमणको दर दिनानुदिन बढ्न थालेपछि मानिसहरुको आवतजावत रोक्न लकडाउन गर्नु परेको कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी थारुले बताइन्।

कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको पनि उनले जानकारी दिइन्।

प्रतिक्रया दिनुहोस्