दलित, मुस्लिम जनशक्ति पार्टी जनतान्त्रिक तराई मुक्ति मोर्चामा विलय

काठमाडौ । दलित, मुस्लिम जनशक्ति पार्टी जनतान्त्रिक तराई मुक्ति मोर्चामा समाहित भएको छ । मुलुकमा राज संस्थासहित वैदिक सनातन हिन्दु राष्ट्रको वकालत गर्दै आएको जनतन्त्रिक र सो पार्टीबीच आगामी दिनमा एउटै मुद्दामा कार्यगर्ने हेतुले एकता भएको हो ।

लामो समतको छलफल र परामर्शकाबीच सो पार्टी जनतन्त्रिकका समाहित भएको घोषणा गरिएको छ ।

सयुक्त प्रेस विज्ञप्ति
आदरणीय मुक्ति कामी जनसमुदाय

श्री गोवर्धन दास ज्युले नेतृत्व गर्नुभएको निर्वाचन आयोगमा दर्ता नं. दलित, मुस्लिम जनशक्ति पार्टी जुन संघीय संसदको निर्वाचन २०७४ मा समेत सहभागी भई सम्मानजनक मत समेत हासिल गर्न सफल राजनीतिक दल आज मिति २०७८/०१/११ गते आइतबार सिरहा जिल्लाको मिर्चैयाको होटल ग्रान्डमा आयोजित विशेष समारोहका बीच डा. मनोज कुमार झा (डा. मनोज मुक्ति “विवेक”) ज्युले नेतृत्व गर्नुभएको “जनतान्त्रिक तराई मुक्ति मोर्चा” सँग एकीकरण भई आजैको तिथि मिति देखि लागू हुने गरि “दलित, मुस्लिम जनशक्ति पार्टी” र त्यस अन्तर्गतका सम्पूर्ण जातीय, वर्गीय, पेशागत संघ-संगठनहरु जनतान्त्रिक तराई मुक्ति मोर्चाको निति, विधान, आचारसंहिता र निति-निर्देशनको परिधीमा रहि “जनतान्त्रिक तराई मुक्ति मोर्चा” कै नामले सम्पूर्ण गतिविधि संचालन गर्ने-गराउने सहमति-सम्झौता गरिन्छ ।

 

प्रतिक्रया दिनुहोस्