संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुईजना पक्राउ

काठमाडौं। संरक्षित वन्यजन्तुको आखेटोपहारसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ।

आखेटोपहारको अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा काठमाडौं-६ बौद्धबाट दुई जनालाई ब्यूरोको टोलीले पक्राउ गरेको जनाएको छ।

कपन सरस्वतीनगरबाट संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) एक किलो आठ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-३ डाँडाखर्कका ३० वर्षीय कुल बहादुर तामाङ र २० वर्षीय जयराम तामाङ छन्। उनीहरूलाई आवश्यक कानुनी कारबहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार बुझाइएको प्रहरीले जनाएको छ।

यस्तै पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध रुपमा सालको काठ चोरी निकासी गरी चिरान गर्न लगाउने मुद्दाका मूख्य फरार अभियुक्त पर्सा ठोरी-४ का ३५ वर्षीय लेख बहादुर श्रेष्ठ पनि ब्यूरोको टोलीले पक्राउ गरेको छ। उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको ब्यूरोले जनाएको छ।

प्रतिक्रया दिनुहोस्