‘कृषिका लागि आएको बजेट कृषक सम्म नपुगेरै सकिन्छ’: उपाध्याय

कृष्णप्रसाद उपाध्याय

कोरोना कहरपछि- वर्षामा धान खेति गरेपछि अरु बेला बाँझो पल्टिने जमिनमा आजकल प्लाष्टिकका आधुनिक टनेल देखिन थालेका छन्।

कुटो, कोदालो, बाउसे, हलो, जुवा र गोरुको भरमा खनजोत हुने खेतबारीमा आजकल हाते ट्याक्टर र ठुलो ट्याक्टर दर्गुन थालेका छन्। कृषि कर्ममा रम्दै खाद्यान्न उत्पादनमा जुट्ने किसानहरुलाई आधुनिक उपकरणले परम्परागत औजारले भन्दा धेरै सुविधा र उत्पादन समेत बढाएको छ। खोल्सा र पहराबाट चौबिसै घण्टा बगिरहने कञ्चन पानीमा अनेक जातिका माछाहरु पालिन थालेका छन्। ठाउँठाउँमा भैसी, बाख्राको गोठदेखि आधुनिक ढंगका कुखुराका खोरहरु पनि बनेका छन्।

परदेशमा पसिना बगाएर थाकेको ज्यानलाई स्वदेशमै कृषि कर्म गरेर आफु, परिवारको उज्यालो भविष्य खोज्दै देशको आर्थिक उन्नतिमा हातेमालो गर्ने किसानहरु फेरि पनि समृद्धिको शिखर चुम्न सकेका छैनन्। राज्यले कृषि र उद्योग विकासका लागि सहुलियत दरमा ऋण, अनुदान अनेक व्यवस्था गरेपनि अझै निमुखा र बास्तविक किसानको पोल्टामा सुविधा र सहयोग परेका छैनन्। जसले गर्दा कृषि प्रधान देश भनिदै आएको नेपालमा कृषि कर्ममा लाग्नेहरुको भविष्य चम्कन सकेको छैन। राज्यले बिदेशबाट बर्षेनी अबौं रुपयाँको खाद्यान्न आयात गर्छ, देशका कतिपय खेतवारीहरु अझै बाँझो मिल्किरहेका छन्। बरु खेतियोग्य भूमिमा रातारात प्लटिङ गरेर कंक्रिटको जंगल बनाएर वातावरण बिगार्ने काम भइरहेको छ।

कृषि का लागि बजेट आएतापनि स्थानीय तहका छोटे राजाहरुकै मोजमस्ती हुन्छ ।। अनि कृषि प्राविधिक कतै अड्काउन नसक्ने भए किन प्राविधिक जन्माउनु?

लेखक उपाध्याय कृषि प्राविधिक तथा स्वतन्त्र राष्ट्रिय अभियान किसान महासंघका अभियान्त हुन्।

प्रतिक्रया दिनुहोस्