खेलकुद क्षेत्रलाई मर्यादित बनाउनेछु- सुनार

दैलेख। कर्णाली प्रदेश खेलकुद विकास परिषदले तिर्थ सुनारलाई खेलकुद विकास समिति दैलेखको सदस्यमा नियुक्त गरेको छ।

परिषदको चैत्र ३१ गतेको बोर्ड बैठकले सुनारलाई कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १६ को उपदफा २ (छ) बमोजिम सदस्य पदमा नियुक्त गरेको हो।

आफ्नो सेवामा सदैब देश र सरकार प्रती बफादार रहि इमान्दारीका साथ आफ्नो भुमिका निभाउने सुनारले बताए।

सुर्खेतका युवा उद्यमी सुनारले खेल क्षेत्रमा उच्च आर्दशले प्रेरित भएर खेलकुद क्षेत्रलाई अझ बढी समानयुक्त र मर्यादित बनाउन हरदम प्रयासरत रहने बताए।

प्रतिक्रया दिनुहोस्