राष्ट्रिय जनमोर्चाका सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

पोखरा। राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्।

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दिएकी थिइन्।

प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी छन्।

प्रतिक्रया दिनुहोस्